We Star Nepal
News From Nepal

सामजिक सञ्जालमा चरचित तरकारीवालीको सुरूभयो फिल्मी यात्रा

0 349

काठमाडौं : एक वर्षअघि सामाजिक सञ्जालमा तस्बिर भाइरल भएर चर्चामा आएकी कुसुम श्रेष्ठ ‘तरकारीवाली’ ले चलचित्र ‘लम्फू’ मा अभिनय गरेकी छन् । गोपालचन्द्र लामिछाने निर्देशित यो चलचित्रमा अभिनय गरेबापत आफूलाई प्राप्त पारि श्रमिक अनाथ बालबालिका उद्धारमा सहयोग गर्न उपयोग गरेको उनले बताइन् ।

चलचित्रमा आफूले निर्वाह गरेको भूमिकाबारे भने उनले केही बताउन चाहिनन् । ‘दर्शकले हलमा गएपछि मात्रैै मेरो भूमिकाबारे जानकारी पाउनुहुनेछ । अहिले नै सबै कुरा खुलाउन चाहन्नँ’, कुसुमले भनिन् । अघिल्लो वर्ष नै निर्माण सुरु भएको चलचित्रमा कुसुमको अभिनय गोप्य राखिएको थियो । अब चलचित्र रिलिज हुने समय भएकाले आफ्नो अभिनयबारे सार्वजनिक गर्न चाहेको उनले जानकारी दिइन् ।म जुन समाजमा हुर्के यही समाजले आज मलाई तरकारीवालीका रूपमा चिनाएको हो । मलाई समाजले अनपेक्षित रूपमा धेरै दियो । मैले पनि समाजका लागि केही गर्नुपर्छ भन्ने लागेर असहाय बालबालिकाका लागि आफ्नो पारि श्रमिक प्रयोग गरेकी हुँ । यो मेरो पहिलो कमाइ थियो र आगामी दिनमा पनि म सामाजिक कार्यमा अग्रसर रहनेछु ।’

कुसुमका काका गोपीलाल श्रेष्ठले छोरीको सामाजिक कार्यले आफू हर्षित भएको प्रतिक्रिया दिए । गोपीलालका अनुसार भाइरल भएको एक वर्षमा कुसुमलाई धेरै प्रकारका अफर आएका थिए । एक दर्जन जति चलचित्र, उत्तिकै संख्यामा म्युजिक भिडियो, विज्ञापन, मोडलिङ तथा सरकारी तवरबाट पनि धेरै अफर आएको श्रेष्ठले बताए । चलचित्रमा अभिनय गर्ने सोच नभए पनि ‘लम्फू’ युनिटको सामाजिक उत्तरदायित्वको सोच र कुसुमलाई मास्टर डिग्रीसम्म निःशुल्क शिक्षाका लागि छात्रवृत्ति प्रदान गरेका कारण उनले अभिनय गरेको श्रेष्ठले बताए ।शक्तिवल्लभ घोरासैनीले निर्माण गरेको ‘लम्फू’ मा कविर खड्का, सलोन बस्नेत, चाँदनी शर्मा, मरिष्का पोखरेल, सञ्जित भण्डारीलगायतका कलाकारको अभिनय छ ।

Leave A Reply

Your email address will not be published.