We Star Nepal
News From Nepal

शान्ति सुरक्षा खल्बल्याउन सक्ने भन्दै विप्लवका कार्यकर्ता पक्राउ

0 352

गोरखा : निर्वाचनको शान्ति सुरक्षा खल्बल्याउन सक्ने भन्दै गोरखाको स्थानीय प्रशासनले विप्लब नेतृत्वको नेकपा माओवादीका कार्यकर्तालाई पक्राउ गर्न सुरु गरेको छ ।पहिलो चरणमा शनिबार राति गोरखाका पाँच कार्यकर्ता पक्राउ गरिएको प्रहरी उपरीक्षक प्रकाश अधिकारीले जानकारी दिए । अनिल कुमाल, मेघराज कुमाल, भोला भुजेल, राजन भट्ट र कपिल भट्टलाई पक्राउ गरिएको एसपी अधिकारीले जानकारी दिए ।

देशका विभिन्न ठाउँमा एम्बुस थाप्ने, बम पड्काउने गतिविधि बढ्न थालेपछि थप दुर्घटना हुन नपाओस् भन्ने उद्देश्यले उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।गृहमन्त्रालयकै निर्देशनमा पक्राउ गरिएकाले माथिकै निर्देशन अनुसार छाडिने उनले बताए । अन्य नेता, कार्यकर्तालाई पनि तीब्र खोजी गरिएको एसपी अधिकारीले बताए ।

Leave A Reply

Your email address will not be published.