We Star Nepal
News From Nepal

पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्टको शनिबार बिहान निधन

0 360

काठमाडौं : पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्टको शनिबार बिहान निधन भएको छ। काठमाडौं ज्ञानेश्वरस्थित निवासमा ९० वर्षीय विष्टको निधन भएको पूर्व मन्त्री केशरबहादुर विष्टले बताए। शनिबार नै उनको अन्तिम संस्कार गर्ने तयारी गरिएको छ।

विष्ट पञ्चायती व्यवस्थामा २०२६, २०२८ र २०३४ मा गरी तीन पटक प्रधानमन्त्री भएका थिए। २०६१ माघ १९ मा राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिएपछि विष्ट पुनः मन्त्रीपरिषद् उपाध्यक्ष भएका थिए।

Leave A Reply

Your email address will not be published.