काठमाडाैँ – एसिसी यू १९ एसिया कप क्रिकेटमा नेपालले भारतसामु १८६ रनको लक्ष्य पेश गरेको छ । टस हारेर व्याटिङमा गएको नेपालले पुरै ओभर खेलेर ८ विकेटको क्षतिमा १८५ रन जोडेको हो।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ८८ रनको योगदान गरे भने जितेन्द्र सिंहले ३६ रनको योगदान गरे । त्यस्तै भिम सार्कीले १५ रन बनाए । अन्य ब्याट्सम्यानहरुले भने दोहोरो अंक जोड्न सकेनन्।
अहिले जवाफी व्याटिङमा उत्रिएको भारतले २७ ओभरकाे खेल सकिँदा ४ विकेटकाे क्षतिमा १०९ रन बनाएको छ।