We Star Nepal
News From Nepal

आगामी विश्वकपमा इटाली नछानिने खतरामा

0 394

स्टकहोम- इटालीका प्रशिक्षक जियान पिइरो भेन्टुराले शुक्रबार प्लेअफको पहिलो लेगमा स्विडेनसँग १–० को नतिजामा पराजित भए पनि चार पटकको च्याम्पियन अर्को वर्ष रूसमा हुने विश्वकपलाई छानिने विश्वास व्यक्त गरेका छन् ।वैकल्पिक खेलाडी ज्याकोब योहान्सनले ६१औं मिनेटमा गरेको एउटै गोल स्विडेनको जितमा निर्णायक बनेपछि इटाली ६० वर्षमा पहिलो पटक विश्वकपलाई नछानिने खतरानजिक पुगेको छ ।‘खेलाडीहरू ड्रेसिङ रुममा निक्कै रिसाएका थिए । मैले खेलाडीमा जितको भोक देखेको छु । त्यसैले हामी छनोट हुन्छौं भन्नेमा म विश्वस्त छु,’ सोमबार मिलानमा गर या मरको अवस्थामा हुने निर्णायक दोस्रो लेगमा नतिजा उल्टाउनुपर्ने दबाबमा रहेका भेन्टुराले भने, ‘मेरा खेलाडीलाई उनीहरू राम्रो गर्न सक्छन् भन्ने थाहा छ । आजको खेल निक्कै शारीरिक भयो, जहाँ हामीले आश्चर्यजनक नतिजा सामना गर्नुप¥यो । तर दोस्रो लेगमा हामी राम्रो गर्नेछौं।’

पछिल्लो पटक १९५८ मा स्विडेनमा भएको विश्वकपमा इटाली छनोट हुन असफल भएको थियो । यसपालि छनोटअन्तर्गत समूह ‘जी’ मा स्पेनसँग ३–० को पराजय भोगेको इटाली मेसेडोनियासँग १–१ को बराबरीमा सीमित भएपछि निराशाजनक रूपमा प्लेअफमा धकेलिएको थियो ।‘अझै ९० मिनेटको खेल बाँकी छ । आजको खेलमा रेफ्रीको प्रदर्शन समग्रमा राम्रो थियो । तर खेल धेरै शारीरिक रूपमा हुन थाल्दा उनले रोक्नुपर्ने थियो,’ युरो २०१६ पछि एन्टोनियो कोन्टेलाई स्थानान्तरण गर्दै इटालियन टोलीको नेतृत्व लिएका भेन्टुराले थपे ।अन्तराहादेशीय प्लेअफअन्तर्गत एसियाको अस्ट्रेलियाले कन्काकाफको होन्डुरससँग गोलरहित बराबरीमा चित्त बुझाएपछि टोलीको रूस यात्रा पक्का गर्ने अभियान अप्ठेरोमा परेको छ।

स्ट्राइकर टमी जुरिचले दुवै हाफमा गोलका सुनौला अवसर खेर फालेपछि अस्ट्रेलिया पहिलो लेगमा जित निकाल्न असफल भएको थियो । स्टेडियो ओलम्पिको मेट्रोपोलिटानेमा होन्डुरसको शारीरिक प्रदर्शनमाथि अस्ट्रेलियाले जित हासिल गरे पनि नतिजा निकाल्न नसक्दा टोली बुधबार हुने दोस्रो लेगमा जित हासिल गर्नैपर्ने दबाबमा पुगेको छ ।अन्तरमहादेशीय प्लेअफअन्तर्गतको अर्को खेलमा न्युजिल्यान्डले घरेलु मैदानमा पेरूसँग गोलरहित बराबरी नतिजा निकाल्यो ।यसै गरी शुक्रबारै सम्पन्न अफ्रिकी प्लेअफमा अल्जेरिया र मालीले १–१ को बराबरी खेले।शुक्रबारै भएका अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा विश्व च्याम्पियन जर्मनीलाई इङ्ल्यान्डले गोलरहित बराबरीमा रोकेको छ । उरुग्वे र पोल्यान्डले पनि गोलरहित बराबरी नतिजा निकाल्दा बेल्जियम र मेक्सिकोले ३–३ को बराबरी खेले।एन्टोनी ग्रिजम्यान र ओलिभर जिरौडको गोलमा फ्रान्सले वेल्समाथि २–० को जित हासिल गर्दा पोर्चुगलले साउदी अरेबियालाई ३–० को नतिजामा हरायो । पोर्चुगलको जितमा म्यानुअल फर्नान्डेज, गोन्कालो गुइडस र जोआवो मारियोले गोल गरेका थिए ।

Leave A Reply

Your email address will not be published.