काठमाडौं : नेपालको प्रतिनिधित्व गर्दै मिस वर्ल्ड-२०१७ मा सहभागी भएकी नेपाल सुन्दरी निकिता चण्डक अन्तिम प्रतिस्पर्धामा सहभागी हुने उत्कृष्ट ४० सुन्दरीमा पर्न सफल भएकी छन् ।शनिबार राति चीनको सन्यामा आयोजित ‘हेड टु हेड’ कन्टेस्टमा निकिता ग्रुप नम्बर ३ बाट विजयी हुँदै अन्तिम प्रतिस्पर्धाका लागि छनोटमा परेकी हुन् । मिस वर्ल्डमा यसदेखि वर्षदेखि हेड टु हेड कन्टेस्टबाट २० अन्तिम प्रतिस्पर्धी छान्न थालिएको हो । पाँचजना फास्ट ट्र्याकबाट र १५ जना निर्णायकबाट अन्तिम प्रतिस्पर्धाका लागि छनोट गरिन्छ।
आगामी शनिबार चीनको सान्यामा आयोजना हुने अन्तिम प्रतिस्पर्धामा यिनै ४० प्रतिस्पर्धीले र्याम्प नाप्नेछन् । त्यहीँबाट यो वर्षकी विश्वसुन्दरी घोषणा गरिनेछ।