काठमाडौं : सरकारले चिनियाँ कम्पनी गेजुवासँग गरेको बूढीगण्डकी जलविद्युत आयोजना निमार्ण सम्बन्धी सम्झौता खारेज गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले उक्त सम्झौता खारेज गरेको उपप्रधान तथा उर्जामन्त्री कमल थापाले जानकारी दिएका छन् । सामाजिक सञ्जाल टुइटरमा पोस्ट गर्दै कमल थापाले यस्तो निर्णय सार्वजनिक गरेका हुन्।
प्रचण्ड नेतृत्वको सरकारले गत जेठ ९ गते जलाशययुक्त बूढीगण्डकी (१२ सय मेगावाट्र) जलविद्युत् आयोजना चीनको एक विवादास्पद कम्पनी चाइना गेजुवा वाटर एन्ड पावर गु्रप कम्पनी लिमिटेड (सीजीजीसी)लाई बिनाप्रतिस्पर्धा दिने निर्णय गरेको थियो।