We Star Nepal
News From Nepal

नेपाली कांग्रेसले प्रतिनिधि खटायो

0 361

काठमाडौं- नेपाली कांग्रेसले मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय प्रतिनिधि खटाएको छ । निर्वाचन परिचालन समितिले पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा आइतबार पार्टी केन्द्रीय सदस्यका साथै विभिन्न नेतालाई खटाएको हो ।कांग्रेसले अपवादबाहेक आसपास गृहजिल्ला भएका नेतालाई पार्टी उम्मेदवारलाई सहयोग गर्नेगरी केन्द्रीय प्रतिनिधिका रुपमा खटाएको छ । पार्टीको समानुपातिक सूचीमा परेका अधिकांश केन्द्रीय सदस्यलाई निर्वाचन परिचालनको जिम्मेवारीसहित खटाएको कांग्रेसले पार्टी उम्मेदवारलाई जिताउन भूमिका निर्वाह गर्नसमेत निर्देशन दिएको छ।

कांग्रेसले सोलुखुम्बुमा खिलानाथ दाहाल, संखुवासभामा धना खतिवडा, भोजपुरमा तारामान गुरुङ, ओखलढुंगामा मृदुला कोइराला, ताप्लेजुङमा केशवकुमार बुढाथोकी, पाँचथरमा बेनुपराज प्रसाई, खोटाङमा रमा पौडेल, नुवाकोटमा प्रा. वासुदेव घिमिरे, रसुवामा बहादुरसिंह लामालाई खटाएको छ ।यसैगरी धादिङमा रामेश्वर उपाध्याय, सिन्धुपाल्चोकमा मीन विश्वकर्मा, दोलखामा पुष्पा भुसाल, रामेछापमा शोभाकर पराजुली, मुस्ताङमा शोभियतबहादुर अधिकारी, म्याग्दीमा तिलक रानाभाट, बाग्लुङमा कुमार खड्का, मनाङमा डा. हिमलाल घिमिरे, लम्जुङमा धनबहादुर मास्की रानालाई खटाएको कांग्रेसले जनाएको छ।

त्यस्तै गोरखामा भेषराज दुवाडी, रुकुम (पूर्वी भाग) मा कृष्ण कार्की, रोल्पामा पार्वता डिसी चौधरी, रुकुम (पश्चिम भाग) मा गेहेन्द्र गिरी, जाजरकोटमा गोविन्द मल्ल, हुम्लामा डा. प्रमोद अर्याल, मुगुमा डिल्लीराज तिवारी, जुम्लामा सरस्वती शाह, कालिकोटमा आशा विक, डोल्पामा विद्या खनाल, दार्चुलामा नरेन्द्रसिंह भण्डारी, बझाङमा शंकरप्रसाद पाण्डे, बाजुरामा अरुणप्रकाश सिंह राठौर र बैतडीमा दिलेन्द्रप्रसाद बडूलाई खटाइएको छ ।

Leave A Reply

Your email address will not be published.