We Star Nepal
News From Nepal

प्रधानमन्त्री शेरबहादुर देउवाको दवावमा मध्यराति चार एआइजी बढुवा

0 467

काठमाडौं : सरकारले रातारात दरबन्दी थपेर चार डिआइजीलाई एआइजीमा बढुवा गरेको छ । सोमबार राति ११ बजे प्रधानमन्त्री कार्यालयका सविच, गृहसचिव र प्रहरी महानिरीक्षको बढुवा समितिको बैठक बसी चार डिआइजीलाई एआइजीमा बढुवाका लागि सिफारिस गरिएको गृह सचिव मोहनकृष्ण सापकोटाले जानकारी दिए।

निर्वाचन आचारसंहिताले बढुवामा रोक लगाएको भएपनि प्रहरी महानिरीक्षक प्रकाश अर्यालको असहमतिका बाबजुद प्रधानमन्त्री शेरबहादुर देउवाको दबावमा रातारात निर्वाचन आयोगसँग समहति लिई चार एआइजीको बढुवा सिफारिस गरिएको गृहमन्त्रालय स्रोतले जनाएको छ ।

सरकारले यही कार्तिक २० गते निर्वाचन आयोगसँग दुईजना एआजी बढुवाका लागि अनुमति लिएको थियो भने दुई एआजी बढुवाका लागि सोमबार रातिनै निर्वाचन आयोगबाट जबस्जस्ती सहमति लिएको हो ।एआइजीमा बढुवा कालागि सिफरिसमा गरिएकमा डिआइजी हेमन्तबहादुर पाल, डिआइजी मधु प्रसाद पुडासैनी, डिआइजी माधब प्रसाद नेपाल र डिआइजी पंकज श्रेष्ठ रहेका छन् ।

Leave A Reply

Your email address will not be published.