We Star Nepal
News From Nepal

शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको संख्या २०७ पुग्यो

0 351

तेहरान: इराक र इरानको पश्चिमी केरमनसा प्रान्तमा आइतबार राति गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या २०७ पुगेको छ।उक्त क्षेत्र इराक इरानको सीमा क्षेत्रमा पर्दछ। मृत्यु हुनेमा अधिकांश इरानी छन्।

उक्त भूकम्पमा परी इराकका पनि केहीको ज्यान गएको बताइएको छ। भूकम्प ७.३ म्याग्निच्युड मापन गरिएको अधिकारीहरुले जनाएका छन्।भूकम्पको केन्द्रबिन्दु कुर्द नजिकैको सहर हलब्जामा रहेको छ। उद्धारको काममा खटिरहेकाहरुले दिएको समाचारमा कम्तीमा पनि २०७ जनाको शव भेटिएको छ।

सो शक्तिशाली भूकम्पले इरानको पश्चिमी क्षेत्रमा थुप्रै नागरिक घाइते भएका छन्। अधिकारीहरुले सोमबार नै घाइते हुनेको सङ्ख्या एक हजार ७०० भन्दा बढी नै रहेको जनाएका छन्।

Leave A Reply

Your email address will not be published.