We Star Nepal
News From Nepal

टर्कीले रसियाली एस-४०० ‘सर्फेस टु एयर’ मिसाइल किन्यो

0 366

इस्तान्बुल : टर्कीले रसियाली एस-४०० ‘सर्फेस टु एयर’ मिसाइल प्रतिरक्षा प्रणाली खरिद गरेको छ । टर्कीका रक्षामन्त्री नुरेतिन कानिक्लीले रसियासँग मिसाइल खरिद गरिसकेको बताए ।उनले टर्कीलाई आफ्नै मिसाइल प्रतिरक्षा प्रणाली विकास गर्न सघाउने सम्बन्धमा युरोपेली युरोसाम कन्सोर्टियमसँग छलफल भइरहेको जानकारी दिएका छन् ।उत्तर एटलान्टिक सन्धी संगठन नेटोको सदस्य टर्कीले रसियासँग एस-४०० मिसाइल खरिदलाई अमेरिका र युरोपेली देशको सहयोगी राष्ट्रलाई रसियाले फुटाएको रुपमा हेरिएको छ । नेटोका एक वरिष्ठ कमान्डरले गत साता नेटोको शस्त्र प्रणालीसँग मिल्दाजुल्दा हातहतियार किन्न टर्कीमाथि दबाब दिइने बताएका थिए ।

 

‘खरिद सकियो, टर्कीले एस-४०० मिसाइल किन्यो’, रक्षामन्त्री कानिक्लीले ब्ल्याक सिनजिकको सहर गिरेसनमा भने, ‘यसको विस्तृत विवरण बिस्तारै दिनेछौं ।’उनले एस-४०० मिसाइलको खरिदसँगै फ्रान्स-इटलीको युरोसाम कन्सोर्टियमसँग टर्कीको आफ्नै मिसाइल प्रणालीसम्बन्धी प्रविधि विकास, उत्पादन र प्रयोग गर्न प्रारम्भिक छलफल भइरहेको बताए।रक्षामन्त्रीले गएको बुधबार बेल्जियमको राजधानी ब्रसेल्सममा मिसाइल प्रतिरक्षा प्रणाली विकाससहित विभिन्न रक्षा योजनामा सहकार्य गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेको टर्कीको रक्षा मन्त्रालयले गतसाता जनाएको थियो ।युरोसाम र टर्कीका कम्पनीहरूले युरोसामद्वारा उत्पादित एसएएमपी-टी मिसाइल प्रणालीमा आधारित नयाँ मिसाइल प्रविधि विकास गर्नेतर्फ पहिलो कदम भएको रक्षामन्त्री कानिक्लीले बताए ।

Leave A Reply

Your email address will not be published.