We Star Nepal
News From Nepal

बुधबारदेखि एनालग टीभी बन्द : ग्राहक प्रभावित

0 392

काठमाडौं : सूचना तथा सञ्चार मन्त्रालयले बुधबारदेखि काठमाडौंका सबै र ललितपुरका केही स्थानमा एनालग टीभी बन्द गरेको छ। मन्त्रालयबाट खटिएको अनुगमन टोलीले बुधबार विभिन्न केबल टेलिभिजनप्रदायक कम्पनीमा अनुगमन गरी एनालग टीभी बन्द गरेको हो। एनालग टेलिभिजन बन्द भएसँगै काठमाडौं र ललितपुर गरी झन्डै ३० लाख ग्राहक प्रभावित भएका छन्। उनीहरूले बुधबारदेखि टेलिभिजन हेर्न पाउने छैनन्।

मन्त्रालयबाट केबल टेलिभिजन शाखाका शाखा प्रमुख विष्णुकुमारी भट्टराई र फ्रिक्वेन्सी विभागका प्रमुख अनुप नेपालको नेतृत्वमा टोली अनुगमनमा गएको थियो। टोलीले अनुगमनका क्रममा सुबिसु केबल नेटवर्क प्रालि, सोनिङ केबल टीभी, काठमाडौं केबल, जावलाखेल केबल नेटवर्क, स्पेसटाइम नेटवर्क, सीईसी केबल नेटवर्क प्रालि र स्काई केबल टीभी प्रालिले प्रदान गरिरहेको एनालग टेलिभिजन सेवालाई बन्द गरिदिएको छ। एनालग टीभी बन्द भएसँगै काठमाडौं र ललितपुरमा करिब ३० लाख ग्राहक प्रभावित भएको नेपाल केबल टीभी महासंघका अध्यक्ष सुधिर पराजुलीले बताए।

उनका अनुसार काठमाडौं उपत्यकाका २५ प्रतिशत ग्राहकले मात्र अहिलेसम्म डिजिटल सेटअप बक्स प्रयोग गर्ने गरेका छन्। डिजिटल सेटअप बक्स नभएका ग्राहकल टीभी हेर्न नपाउने भएका हुन्। उनका अनुसार व्यवसायीको रूपमा हेर्ने हो भने सरकाले चालेको कदम एकदमै उचित हो। ‘यो व्यवसायी आफैंले माग गरेको विषय भएकाले हामी यसमा सहमत छौं’, पराजुलीले भने, ‘तर चुनावको मुखमा ग्राहकलाई सूचनाबाट बञ्चित गराउनु उपयुक्त देखिँदैन।’

Leave A Reply

Your email address will not be published.