We Star Nepal
News From Nepal

कांग्रेसका समानुपातिकमा को को छन् ?

0 388

काठमाडौं-नेपाली कांग्रेसले एक दर्जन केन्द्रीय सदस्यलाई प्रतिनिधिसभातर्फको समानुपातिक सूचीमा राखेको छ । पार्टी कोषाध्यक्ष सीतादेवी यादवसहितका नेतालाई समानुपातिक सूचीमा राखिएको छ । यस्तै कांग्रेसले उद्योगपति विनोद चौधरीलाई पनि समानुपातिकको सूचीमा राखेको छ ।

कांग्रेसले यसअघि पनि समानुपातिक सूचीबाट सांसद बनेका केही नेतालाई पुनः दोहो¥याएको छ । केही नयाँ अनुहारले पनि अवसर पाएका छन् । पूर्वकोषाध्यक्ष चित्रलेखा यादव, नेता बालकृष्ण खाँण, नेत्री सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडू, पार्वती डिसी चौधरी, किशोरसिंह राठोर, पुष्पा भुसाल, मानबहादुर विक, मीन विक, बहादु सिंह लामा, खिमप्रसाद भुसाल समानुपातिक सूचीमा छन् ।

त्यस्तै, पार्टी नेता खुमबहादुर खड्का पत्नी शिलाका साथै महिला संघकी अध्यक्ष उमा रेग्मी, नेत्री मञ्जु खाँण, मीना पाण्डे पनि समानुपातिक सूचीमा छन् । पूर्व केन्द्रीय सदस्य जिपछिरिङ लामा, पद्मनारायण चौधरी, व्यवसायी उमेश श्रेष्ठ, उद्योगपति दिव्यमणि राजभण्डारी, अनिलकुमार रुगंटा पनि कांग्रेसको समानुपातिक सूचीमा छन् ।

Leave A Reply

Your email address will not be published.