दाहालले खाली सिसी पुराना कागजको व्यापार गरिरहेका छन् : मन्त्री पाण्डे
राजित हुने दाबीसमेत गरे । पाण्डेले भने, ‘प्रचण्डलाई चितवनको भूगोल तथा त्यहाँको आवश्यकताबारे जानकारी नभएका कारण चुनाव जित्ने सम्भावना नै छैन ।
रेडियो नागरिकसँगको कुराकानीमा राप्रपा प्रजातान्त्रिक नेता पाण्डेले प्रचण्डले प्रतिस्पर्धी नै नदेख्नु भनेको जनतालाई नदेख्नु भएको टिप्पणी गरे । प्रचण्डले चितवनमा काम नलाग्ने नेताहरुलाई आफ्नो पार्टीमा भित्र्याएर विपक्षी उम्मेदवार कमजोर रहेको भन्दै हिडेको प्रति पाण्डेको यस्तो आरोप थियो ।
पाण्डेले चितवनमा आफू विकास प्रेमी नेता भएकाले जित निश्चित रहेको दाबीसमेत गरे ।
रेडियो नागरिकका लागि रविन्द्र सुवेदीले गरेको कुराकानीको अंश
प्रचण्डले त चितवन–३ मा आफ्नो प्रतिस्पर्धी नै नरहेको बताउनुभएको छ नि ?
न उहाँले जनता देख्नु भा, न प्रतिस्पर्धी देख्नु भाछ, यो त २१ गते थाहा हुने कुरा हो ।
जनता पनि देख्नु भए न त उहाँले ?
खै अब उहाँले मलाई प्रतिस्पर्धी नै देख्नु भएन, म यहाँका जनताको छोरो, २० वर्षदेखि यही ठाउँमा सेवा गरिरहेको छु, मलाई नदेख्नु भनेको त जनतालाई नै नदेख्नु होइन त ?
राप्रपाका नेतासमेत वाम गठबन्धनमा प्रवेश गरेछन् नि त, अनि उहाँलाई जितको लागि सजिलो भएन त ?
उहाँले अहिले खाली सिसी पुराना कागजको व्यापार गर्न थाल्नुभएको छ । पार्टीमा कुनै पनि हैसियत नभएकाहरुलाई कलेक्शन गर्दै यस्ता प्रोपोकाण्डा फैलाउँदै हिँड्नुभएको छ । त्यो कुचाले गर्नुपर्ने काम बतासले गरिरहेको छ । यसले त हामीलाई झन् सहज भएको छ, जित निश्चित भएको छ । उहाँलाई यहाँका जनताले के चाहन्छन् भन्ने नै थाहा छैन ।
जनताले खास के चाँही खोजेका हुन् त ?
जनताले विकास खोजेका छन्, ध्वंस होइन । जनताले झुट नबोल्ने, काम गर्ने नेता खोजेका छन् ।
जनतालाई त वाम गठबन्धनको शीर्ष नेता जिताउने कि राप्रपा (प्रजातान्त्रिक) का नेतालाई जिताउने भन्ने द्विविधा देखियो है ?
जनताले चाहिँ विकास गर्ने नेता, फोन गर्दा भेट्ने नेता, दुःख परेर बोलाउँदा घरमै आइदिने नेता खेजेका छन् ।
प्रचण्डले अहिले केन्द्रमा एमालेसँग र चितवनमा कांग्रेससँग गठबन्धन गरेको अभिव्यक्ति दिनुभाछ नि ।
त्यही कारणले मेरो विजय सुनिश्चित छ, वाँदरमुढे घटनाले मेरो विजय सुनिश्चित छ । उहाँले बोलेका कुरा कहिल्यै पनि पुरा गर्नुहुन्न । उहाँ बदलिई राख्ने, फाईदा हुने ठाउँमा मात्रै दगुर्ने र चुनाव जितेको ठाउँमा कहिल्यै पनि फर्किएर नजाने नेता हुनुहुन्छ । यो कुरा चितवनबासीले थाहा पाएकाले उहाँले हार्नुहुन्छ ।
प्रचण्डले कांग्रेससँग गठबन्धन गर्दा तपाईँको जित सुनिश्चित कसरी हुन्छ ?
उहाँका गफ धेरैले पत्याएका छैनन्, उहाँ राम्रो वक्ता हो, हवाई गफ दिनुभाछ । चितवनका धेरै सजग छन् । चितवनका जनता अहिले आन्दोलित छन् । प्रचण्डलाई हराउ र विक्रम पाण्डे जिताउ अभियानमा चितवनका जनता आन्दोलित छन् । जसका कारण मेरो जित सुनिश्चित छ । म नेता नभएर एउटा सेवक हुँ ।
देवी ज्ञवालीलाईसमेत प्रचण्डले आफ्नो चुनावी प्रचारप्रसारको कमाण्डर बनाउनु सफल हुनु भएको छ नि ?
देवी ज्ञवाली त अहिले अपहरणमा पर्नुभएको छ । २१ गतेसम्म उहाँले के बोल्ने, कहाँ जाने त्यो सबै प्रचण्डको निर्देशनमा हुने गरी उहाँ अपहरणमा पर्नु भएको हो ।
तपाईँ त प्रचण्डसँग एउटै क्याबिनेटमा बसेर पनि काम गर्नु भएको थियो नि हैन ?
उहाँको प्रवृत्तिको कुरा नगरौँ । उहाँले अहिले गल्ती गर्नुभयो । उहाँले हरेक निर्वाचनमा क्षेत्र परिवर्तन गर्नुहुन्छ । चुनाव लड्दै जाने, चुनाव जितेपछि त्यो क्षेत्रमा नजाने उहाँको कमजोरी छ । उहाँले आफ्नो एउटै क्षेत्र बनाएर त्यसमा नयाँ निर्वाचनका लागि चुनाव प्रचार प्रसार गर्न जानै नपर्नेगरी स्थान बनाउनु पथ्र्यो ।
प्रचण्ड राष्ट्रिय नेता तपाई सानो पार्टीको नेता, मतदाताले यो कुरालाई पनि त हेर्लान् नि ?
त्यो होइन । म विकास गर्ने मान्छे हुँ, जतिबेला पनि जनताको घरदैलोमा उपस्थित हुन्छु । प्रचण्डलाई भेट्नै सकिन्न । उहाँलाई भेट्न भन्दा अमेरिकाको भिषा लगाउन सजिलो हुन्छ । त्यसैले जनताले को ठूलो को सानो भन्दा पनि कसले विकास गर्छ, कसले सुख दुःखमा साथ दिन्छ भन्ने कुरा हेर्छन् । एक त उहाँलाई चितवनका बारेमा केही थाहा छैन, दोस्रो कुरा उहाँ स्थिर भएर जनताको काम गर्नु हुन्न । त्यसैले मेरो जित सुनिश्चित छ ।