We Star Nepal
News From Nepal

म अझै दुईपटक प्रधानमन्त्री हुन्छु -‘मलाई ज्योतिषले सातपटक प्रधानमन्त्री बन्छाैं भनेका छन्’ : प्रधानमन्त्री

0 430

कार्तिक ३०, २०७४-प्रधानमन्त्री शेरबहादुर देउवाले गोरखाको चुनावी सभामा एमाले अध्यक्ष केपी ओलीले उनलाई कांग्रेसको अन्तिम प्रधानमन्त्री भनेको विषयमा धनगढी पुगेर टिप्पणी गर्दै आफू अझै दुईपटक प्रधानमन्त्री हुने दाबी गरेका छन् ।

‘मलाई ज्योतिषले सातपटक प्रधानमन्त्री हुने बताएका छन् । म अझै दुईपटक प्रधानमन्त्री हुन्छु,’ प्रधानमन्त्री देउवाले भने, ‘म तपाईंहरुको घरको मान्छे हुँ, जुनबेला पनि मलाई भेट्ने, समस्या सुनाउने, गाली गर्ने सबै अधिकार तपाईंहरुसंग छ ।’ देउवाले प्रदेश नं ७ मा आफ्नो पार्टीले संसदीय निर्वाचन क्षेत्रका प्राय सबै सिट जित्ने दाबी समेत गरे ।

सुदूरपश्चिमलाइ जोड्ने २२ पुलदेखि सडक, बिजुली, खानेपानी, शिक्षा, स्वास्थ्यका क्षेत्रमा भएका विकास आफ्नै प्रयासले भएको पनि देउवाले बताए । ‘यो क्षेत्रबाट प्रधानमन्त्री हुनसक्ने व्यक्ति तत्काल अर्को कोही पनि छैन,’ उनले भने, ‘प्रधानमन्त्री हुने म नै हुँ त्यसैले यो क्षेत्रका जनताले कांग्रेसलाई सबैभन्दा बढी सिटमा विजयी बनाउने छन् ।’

नेपाल प्रेस युनीयन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री देउवाले कम्युनिष्टहरुले लोकतन्त्रको उपयोग मात्र गर्ने तर, यसको संस्थागत सुदृढीकरणसंग उनीहरुको कुनै सम्बन्ध नहुने बताएका थिए । ‘कम्युनिष्ट शासन व्यवस्थाभन्दा लोकतन्त्र नै उपयुक्त हुने भएकाले जनता कांग्रेसको पक्षमा उभिएका छन्,’ उनले भने ।

प्रधानमन्त्री देउवाले वामपन्थीहरुले निर्वाचन जिते देशमा कम्युनिष्ट अधियनायकवाद स्थापना हुनसक्ने आशंकाले जनतामा त्रा

 

Leave A Reply

Your email address will not be published.