We Star Nepal
News From Nepal

आइफोन ८ प्लस अब नेपालमा

0 468

एप्पलको आइफोन तथा एप्पलका उत्पादनहरुको एकमात्र बितरक जेननेक्स्टले आइफोन ८ तथा आइफोन ८ प्लस शुक्रबारदेखि नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ ।उक्त फोन नेपाली बजारमा ६४ जिबी र २५६ जिबी स्टोरेजमा मात्र उपलब्ध हुनेछ भने गोल्ड, सिल्भर र स्पेस ग्रे कलर अप्सनमा आउने कम्पनीले जनाएको छ ।

कम्पनीले सक्कली भ्याटबिल लिन तथा एप्पलका उत्पादनमा एक वर्षको वारेन्टीका लागि ग्राहकलाई आधिकारिक च्यानलहरुबाट मात्र खरिद गर्न आग्रह गरेको छ ।साथै, कम्पनीले सबै ग्राहकलाई एप्पलका सक्कली उत्पादनहरुका लागिमात्र रकम खर्च गर्न र एप्पल स्ट्यान्डर्ड वारेन्टी प्राप्त गरेर खरिद गर्दा सर्तकता अपनाउन आग्रह गरेको छ ।

Leave A Reply

Your email address will not be published.