We Star Nepal
News From Nepal

वाम गठबन्धनको कार्यक्रम भइरहेको स्थानमा वम पड्कीयो

0 343

भोजपुर- भोजपुरमा दोहोरो भिडन्त भएको छ। षडानन्द नगरपालिका १३ वोयाको भिरथाप्लो भन्ने ठाउँमा राखेको टाइम बम हटाउने क्रममा दोहोरो भिडन्त भएको हो। टाइमबम समेत पड्किएको छ। टाइम वमको छर्रा लागेर एक जना घाइते भएका छन्। घाइते हुनेमा एमाले कार्यकर्ता विक्रम राई रहेका छन् । उनको अवस्था गम्भीर रहेको एमालेले जनाएको छ । टाइम वम हटाउने क्रममा पड्किएपछि दाहोरो भिडन्त भएको जिल्ला प्रहरी कार्यालयका इनिस्पेक्टर गित नारायण चौधरीले बताए। घटनामा दुइ जना प्रहरी समेत सामान्य घाइते भएका छन्। भिडन्तमा असई उमेस मेहेता र टेकनारायण चौधरी घाइते भएका छन्।

यस्तै वाम गठबन्धनको कार्यक्रम भइरहेको स्थानमा पनि वम पड्कीएको छ । साल्पा सिलोचो गाउँपालिका २ कुलुङ्गमा भैरहेको सभामा वम पड्किएको हो । सभामा नै वम पड्कीएपछि सभा तितर वितर भएको राजेश राईले जानकारि गराएका छन् । वम प्रहारबाट कुनै क्षति नभएको राईले बताए ।

Leave A Reply

Your email address will not be published.