भारत १७२ रनमा अलआउट
श्रीलंका विरुद्धको पहिलो टेष्टको पहिलो पारीमा भारत मात्र एक सय ७२ रनमा समेटिएको छ ।
तेस्राे दिनकाे सुरूवात शनिबार रनमा पाच विकेटको अवस्थामा भारत गहिराे संकटमा देखिएकाे छ। निर्धारित समयमा सुरू भएकाे तेस्राे दिनकाे खेलमा ७९ रनकाे टिम स्काेरमा भारतले चेतेश्वर पुजारालार्इ गुमायाे। भारतका लागि अहिलेसम्म सर्बाधिक ५२ रनकाे स्काेर बनाएका पुजारालार्इ गमगेले बाेल्ड गरे। त्यसपछि रिद्दिमान साह र रवीन्द्र जडेजाले भारतकाे पारी अगाडी बढाए। यस जाेडीले ५८ रनकाे सझेदारी गर्दा दिलरूवान परेराले ५१ अाैं अाेभरमा जडेजालार्इ एलबिडब्लुकाे सिकार बनाए।
यसै अाेभरकाे पाँचाै बलमा उनले रिद्दिमान साहलार्इ अाउट गर्दै भारतकाे ८ अाैं झराएका थिए। ५६ अाैं अाेभरकाे पाँचाै बलमा भुवनेश्वर कुमारलार्इ लकमलले साउट गरेका थिए। ५९.३ अाेभरमा गाेमेजले माेहम्मद समीलार्इ २४ रनमा अाउट गर्दै भारतकाे पारी समाप्त पारे। श्रीलंकाका सुरंगा लकमल सर्बाधिक सफल बलर रहे। १९ अाेभरमा २६ रन दिएर उनले चार विकेट लिए। साथै परेराले श्रीलंकाका लागि २ विकेट लिए। पारीकाे समाप्तीसँगै भारतकाे याे सन् २००५ यता घरेलु मैदानमा बनेकाे सवैभन्दा कम स्काेर हाे। त्यसबेला भारतले १६७ रन बनाएकाे थियाे।
जवाफमा श्रील्ंकाले पनि ५५ रन बनाउदा दुई विकेट गुमाइसकेको छ