We Star Nepal
News From Nepal

अबको गन्तव्य रामारोशन- फोटो फिचर

0 74

पहिलो रुटः धनगढी – दिपायल – साँफेबगरहुँदै तिमिल्सैनसम्म पक्की सडक भएकोले गाडीमा आउन सकिन्छ । तिमिल्सैनबाट कच्ची सड्क भएकाले वर्षातको समय बाहेक रामारोशनसम्म जीप, मोटरसाइकल र ट्याक्टरहरु पुग्छन् । यस रुटमा आउने क्रममा डडेल्धुराको उग्रतारा र अमरगढी किल्ला, डोटीको शैलेश्वरी, अछामको वैद्यनाथ लगायत धार्मिक तथा पर्यटकीय स्थानहरुमा पुग्न सकिन्छ । दोश्रो रुटः धनगढी–दिपायल हुँदै खप्तड जाँदा त्यहाँबाट रामारोशन सम्म आउने अर्को पैदल रुट पनि छ । यस रुटमा बिचमा अछाम तथा बाजुराका मनोरम दृष्य अवलोकन गर्न पाइन्छ ।
तेश्रो रुटः काठमाडौं–सुर्खेत–अछामको विनायक हुदै मंगलसेन– वलिगाँउसम्म गाडीमा र त्यहाँबाट हिँडेर शान्तडा हुँदै रामारोशन पुग्न सकिन्छ भने यस रुटमा सुर्खेतका बुलबुले ताल, धार्मिक स्थान, माथिल्लो कर्णाली आयोजना स्थल, विनायक पञ्चदेवल लगायतको अवलोकन गर्न सकिन्छ । चौथो रुटः सुर्खेत हुँदै कालिकोटसम्म पुग्ने र त्यहाँबाट हिँडेर रामारोशन पुग्न सकिन्छ । यो रुटमा धेरै हिँड्नुपर्ने भएकोले अलि असहज र जंगलको बाटो हिँड्नुपर्ने हुन्छ ।

Leave A Reply

Your email address will not be published.