We Star Nepal
News From Nepal

साह्रै मिठो सिन्कीको अचार

0 86

गायक विजय रुम्बा लामाको नयाँ गीत ‘सिन्की को अचार’को भिडियो सार्वजनिक भएको छ ।

यस भिडियोमा चलचित्र ‘कबड्डी’मा अभिनेता दयाहाङ्ग राईसँग सोल्टीनीको भूमिकामा अभिनय गरेर एकाएक चर्चामा आएकी नायिका रिश्मा गुरुङ्ले अभिनय गरेकी छिन् ।रिश्मा लामो समयपछि भिडियोमा देखिएकी हुन् ।

भिडियोमा गायक रुम्बा आँफैले पनि निकै राम्रो अभिनय गरेका छन् । विकास सुबेदीको निर्देशनमा बनेको भिडियोको छायांकन पर्यटकिय स्थान बन्दिपुरमा गरिएको छ ।

गीतमा डिपि खनालको शब्द तथा सुबाश भुषालको संगीत रहेको छ । गीतका एरेन्जर उदय राज पौडेल हुन् भने अनिल कुमार मानन्धरले खिचेको यस भिडियोका सम्पादक शिलन लम्साल रहेका छन् ।

Leave A Reply

Your email address will not be published.