We Star Nepal
News From Nepal

राज्जा रानीको ”चिपक चिपक”

0 101

नेपाली कलाकारिता क्षेत्रमा आफ्नो छुट्टै उच्च पहिचान स्थापित गरेका नाजिर हुसेन र केकी अधिकारीको रोमान्टिक ड्रामा “राज्जा रानी” को गीत सार्बजनिक भएको छ । याम थापा निर्देशित फिल्म पुस २१ मा देशव्यापी रूपमा आउदै छ । निर्माण कम्पनी आर्यन फिल्म प्रोडक्सनले रिलिज मिति घोषणासँगै एक गीत पनि सार्वजनिक गरेको छ । सांगीतिक क्षेत्रमा एक कुशल संगीतकारको नाम बाट परिचित दीपक शर्माको संगीत रहेको “चिपक चिपक” बोलको गीतमा केकी र नाजिर फिचरिङ छन् ।

नरहरि प्रेमी र सुमिना लोको ले यस गीतमा आफ्नो सुमधुर स्वर भरेका छन्हे भने गीतको रचनाकार राजेन्द्र थापा हुन् । यस गीतको म्युजिक भिडियोलाई विक्रम स्वाँरले नृत्य निर्देशन गरेका हुन् भने प्रेमकथामा आधारित ‘राज्जा रानी’ लाई रमेश एमके पौडेलले निर्माण गरेका हुन्

Leave A Reply

Your email address will not be published.