We Star Nepal
News From Nepal

झ्यानकुटीको सर्बत्र चर्चा

0 89

काठमाडौं,
कार्तिक।

शुक्रबार देखि प्रदर्शनमा आउने चलचित्र ‘झ्यानाकुटी’ले ल्याएको फोटो कन्टेस्टले चर्चा पाएको छ । चलचित्र युनिटले प्रिती चाउचाउसँगको सहकार्यमा ‘झ्यानाकुटी फोटो कन्टेस्ट’ अगाडी ल्याएको थियो ।

कन्टेस्टमा सहभागी हुनेले प्रेमिका वा श्रीमतीले प्रेमी वा श्रीमानलाई बोकेको तस्वीर फेसबुकमा #Nov17 र #Jhyanakuti मेन्सन गर्दै झ्यानाकुटी फेसबुक पेजलाई ट्याग गरेर फेसबुकमा अपलोड गर्नु पर्ने हुन्छ । त्यहाँ अपलोड गरिएका तस्वीर मध्य सबैभन्दा बढी लाइक पाउनेले ५१ हजार नगद पनि पाउने छन् । यस कन्टेस्टमा दर्शक त उतिकै सहभागी छन् नै सेलिब्रेटीले पनि उतिकै साथ दिएका छन् ।

यतिबेला सामाजिक सञ्जालमा सेलिब्रेटीले आफ्नो सहकर्मी वा जोडीलाई बोकेको तस्वीर प्रशस्तै देख्न पाइन्छ । ‘यतिको साथ् पाइन्छ भन्ने सोचेकी थिइन् तर दर्शकको चासोसँगै सहकर्मीले साथ दिदा निकै खुसि लाग्दो रहेछ’ चलचित्र मार्फत निर्माणमा डेब्यु गर्न लागेकी निशा अधिकारी भन्छिन ‘ चलचित्रले दर्शकको समय र पैसाको सदुपयोग गर्छ, ढुक्क हुनुस ।’ चलचित्रमा निशासँगै सिमोश सुनुवारको पनि लगानी रहेको छ भने सिमोश नै चलचित्रका निर्देशक हुन् । प्रदीप भारद्वाजको कथा रहेको चलचित्रमा सौगात मल्ल, बेनिशा हमाल, सुमी मोक्तान, एस्टल गुरुङलगायतको अभिनय रहेको छ । चलचित्रले सेन्सरबाट पिजी सटिर्फिकेट पाएको छ ।

Leave A Reply

Your email address will not be published.