नेपाली रजतपटमा यतिखेर २ वटा चलचित्रको चर्चा बड्दो छ फिर्के र फुर्के । दुई ओटै चलचित्र अब प्रदर्शनको तयारीमा जुटेका छन ।
सुन्दा उस्तै लाग्ने यि चलचित्रको नाममा दर्शक झुक्किने सम्भावना भने बढी छ ।
पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा सुन्दै अचम्म–अचम्मका नाम गरेको चलचित्रहरु प्रदर्शनमा आईरहेका छन् । चलचित्रको नामले पनि चलचित्रको ब्यापारमा प्रभाव पार्ने गर्दछ । अझ एउटैजस्तो नाम सुनिने चलचित्रहरु एकैपटक एक दुई साताको फरक पारेर प्रदर्शनमा आयो भने त दर्शकहरु अलमल्लमा पर्छन् । केहि बर्ष अघि चलचित्र ‘झोला’ र ‘झोले’ लगभग एक–दुई साताको फरमा प्रदर्शनमा आएको थियो । त्यो समयमा हामी हलमा जाँदा टिकट बेच्नेले किन्न आउनेलाई सम्झाईरहेको देख्न सकिन्थ्यो । यस्तै अवस्था अब दुई नयाँ चलचित्रहरुको पोस्टर सार्वजनिक भएको छ । आउनुहोस् हामीपनि जानौँ ति चलचित्रहरुको बारेमा ।
‘फिर्के’
दुई साता अघि रबि डंगोलको निर्देशनमा चलचचित्र ‘फिर्के’को पोस्टर सार्वजनिक गरिएको थियो । सुलेमान शंकर ‘ईकु’ प्रस्तुतकर्ता रहेको चलचित्रलका दुई पोस्टर बुधबार सार्वजनिक गरिएको हो । ‘फिर्के’मा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ । ओमलाल गुरुङ् र राजेश श्रेष्ठ निर्माता रहेको चलचित्रमा चलचित्रमा अभिमन्यू निरबीको लेखन रहेको छ ।
‘फूर्के’
सोमबार भद्र भुजेलको निर्देशनमा बन्ने चलचित्र ‘फूर्के’को पोस्टर सार्वजनिक गरिएको छ । एस.बि. रामारोशन फिल्म्स प्राईभेट लिमिटेडको ब्यानरमा बनेको चलचित्रमा देबेन्द्र खड्का र मानबहादुर राउतको लगानी रहेको छ । कल्पना मरहठ्ठा शाही, प्रकाश बस्नेत र आषिस सह–निर्माता रहेको चलचित्रमा दीपक ढकाल, सुरेन्द्र बुढाथोकी, सुनिल सिंह, कशिस दाहाल, नैना राना, उतम केसी, सिदान्त लगायतको अभिनय रहेको छ । चलचित्रका कार्यकारी निर्माता बखत बिष्ट हुन् । सुनिल मानन्धरले बितरण गर्ने यो चलचित्र १२ माघबाट देशभर प्रदर्शनमा आउँदैछ ।