स्तरिय छ गायक सुरजको कालो कपाल
झन्डै १३ वर्षदेखि संगीतको औपचारिक अध्ययन गरिरहेका गायक सुरज श्रेष्ठ आफ्नो नया“ गीत ‘कालो कपाल…’ को म्युजिक भिडियो लिएर दर्शक तथा स्रोतामाझ आएका छन् । २०६१ सालदेखि नै संगीतको औपचारिक अध्ययन प्रारम्भ गरेका गायक श्रेष्ठको कालो कपाल…गीतको म्युजिक भिडियोले कम समयमै दर्शकको मन जितिरहेको छ ।
विपिन मर्मका शब्द तथा गायक उदेश श्रेष्ठको संगीत निर्देश्ँनको उक्त पप गीतको म्युजिक भिडियोलाई विभोर पोखरेलले निर्देश्ँन गरेका हुन् । गीतमा उदेश श्रेष्ठकै संगीत संयोजन छ । रोशन श्रेष्ठद्वारा छायांकन गरिएको उक्त भिडियोमा निशान्त तथा सोनाले अभिनय गरेका छन् । सतिज श्रेष्ठ उक्त भिडियोका सम्पादक हुन् । एशियन म्युजिकको यूट्युब च्यानलबाट सार्वजनिक भएको उक्त भिडियो भिडियोमा किसन भुसालको कोरियोग्रँफी छ