संगितकार डिआर अटु र ‘मेगास्टार’को क्यारुम त नि….
काठमाडौ,कार्तिक ३०।। लोकप्रिय गायक मेगास्टार “राई इज किङ” राजेश पायल” राई यतिबेला अमेरिकाको विभिन्न सहरमा भैरहेको कार्यक्रमहरुमा बेस्त छन्। उनी कार्यक्रमको सिलसिलामा अमेरिका रहेता पनि उनको स्वरमा रहेको ‘क्यारुम त नि’ को म्युजिक भिडियोले यतिबेला नेपालमा धुम मच्चाइ रहेकोछ । पछिल्लो समय गीत-संगीतको क्षेत्रमा निरन्तर सक्रिय रहेका संगीतकार तथा गीतकार डिआर अटुको संगीतमा रहेको यो गीतको एरेन्ज राजीव शाहले गरेका छन् । यो गीतको शब्द रचना भने प्रेम बहादुर कटुवालले रचेका हुन् ।
“जिजीबिषा” गीति एल्बममा रहने यो गीतको म्युजिक भिडियोमा उमेश, राम र राजकुमारीको रोमान्स हेर्न सकिन्छ । बिक्रम नेम्वाङ्गले छायांकन गरेको यो गीतको म्युजिक भिडियोलाई अर्जुन पोख्रेलले सम्पादन र संजिव राईले निर्देशन गरेका छन् ।
म्युजिक भिडियो