लोकप्रिय बन्दैछ सुनिलको यो कस्तो मन
गायक सुनिल गिरीको कस्तो यो मन बोलको गीत यूट्युवमार्फत सार्वजनिक गरिएको छ । को होला त्यो, देउराली जस्ता गीतबाट निकै चर्चा बटुल्न सफल प्रतिभाशाली गायक गिरीको यो गीत सार्वजनिक भएको हो ।
कस्तो यो मन गीतमा शब्द तथा संगीत समेत गायक स्वयंको रहेको छ भने एरेन्ज रिकेश गुरुङले गरेका हुन्। भिडियो अनिल के. मानन्धरको निर्देशनमा निर्माण भएको हो। भिडियोमा सुनिल गिरि आफै र श्रेया शर्माको आभिनय रहेको छ