youtube मा निकै लोकप्रिय बनेको wrong time को दोस्रो सन्स्करण सुरु भएको छ
चार महिना अघि बन्द भएको ‘रङ टाईम’को दोश्रो सिजन आजबाट सुरु भएको छ । प्राबिधिक कारण देखाएर बन्द गरिएको यो वेब सिरिज अहिले पनि ‘योर स्टाईल’ टिभीबाट नै सार्वजनिक गरिएको छ
सहिन प्रजापतिको निर्देशनमा बनेको वेब सिरिजको दोश्रो सिजनमा पनि सहिन प्रजापति र कुशल बिष्टको कथा तथा स्क्रिप्ट रहेको छ । नितिन चन्दको लगानीमा तयार भएको यो वेब सिरिजलाई योर स्टाईल टिभीले निर्माण गरेको हो । वेब सिरिजमा सहिन र कुशलको साथमा आश्मा गिरी, अमिता छन्तेल, दीपिका थापा, शिशिर अर्याल, बिरेन्द्र मुखिया लयातका कलाकारहरुको अभिनय रहेको छ ।