We Star Nepal
News From Nepal

बिवादका बाबजुत पनि सफल भएको छक्का पन्जाले मानायो ५१ दिन

0 106

दसैं ताका प्रदर्शनमा आएको चलचित्र छक्का पन्जाले आज केही हलमा ५१ दिन मनायो । राजधानीको सीटी सेन्टरमा रहेको बीग मुभिजमा दिउँसो फिल्म हेरेर बेलुकी कार्यक्रम आयोजना गरे दीपक र दीपाले । कलाकारदेखि प्राविधिक सबैलाई मायाको चिनो दिए ।

दीपा आफूहरुले गरेको कमजोरीलाई सुधार्ने बताइरहेकी थिइन् । दीपक पनि त्यही भन्दै थिए । तर, मनमा खुशी थियो । दीपक पनि खुशी, उनको टिम पनि खुशी । केक काटेर खुशी मनाए । एउटा नेपाली फिल्म चल्दा सबै खुशी हुन जरुरी छ । खै को–को खुशी भए, त्यो त खुशी हुनेलाई नै थाहा होला । तर, दीपक, दीपा र उनको टिम खुबै खुशी देखियो । गरेका गल्ती सुधार्ने प्रण गरे ।

नेपाली फिल्मले ५१ दिन मनाएको दुर्लभ नै हुन्छ । यही दुर्लभ इतिहास रच्यो ‘छक्का पन्जा २’ले । ‘छक्का पन्जा ३’ बबाल बनोस् । सम्पूर्ण टिमलाई रातो खुर्सानी टिमको शुभकामना ।

Leave A Reply

Your email address will not be published.