मंसिर ४ मा हुने भयो मिस लिम्बू’ साथमा तेह्रथुमे ढाका बुटिकको विशेष शो
। ‘सिंगापुर इन्टरप्राइजेज् मिस लिम्बू–२०१७’को ग्राण्ड फिनाले यहि ४ मंसिरमा राष्ट्रिय नाचघरमा हुँदैछ ।
याक्थुङ युथ एशोसिएसनद्वारा आयोजित ‘मिस लिम्बू’को यो पाँचौ संस्करणमा १४ जना लिम्बू सुन्दरीहरु ताजका लागि भिडन्त गर्दैछन् । प्रतियोगीहरुका लागि ललितपुरको मिलन चोकस्थित तेह्रथुमे ढाका बुटिकले अफिसियल ड्रेस स्पोन्सर गरेको छ ।
प्रतियोगीहरुलाई ग्रुमिङ कक्षा दिइने क्रममा तेह्रथुमे ढाका बुटिकको अवलोकन तथा भ्रमण गराएको छ । उनीहरुलाई बुटिककी सञ्चालक तथा डिजाइनर निरु आङबुङले ढाका पहिरन र विशेषताबारे जानकारी गराएकी थिइन् । पछिल्लो समय ढाका पहिरनले लोकप्रियता पाइरहेको छ ।