We Star Nepal
News From Nepal

के जित्लिन त निकिता चाण्डकले मिस वर्ल्डको ताज

0 93

नेपालबाट मिस वर्ल्ड-२०१७ मा सहभागीता जनाइरहेकी मिस नेपाल निकिता चाण्डक उत्कृष्ट १० प्रतियोगीभित्र पर्न सफल भएकी छिन् । विभिन्न राष्ट्रका ११८ जना सुन्दरीहरुमध्ये उनी उत्कृष्ट १० मा परेकी हुन् ।

चीनको सान्यास्थित सान्या सिटि एरेनामा भइरहेको मिस वर्ल्डमा नेपाली प्रतियोगीले पाएको यो सबैभन्दा ठूलो उपलब्धी हो । भोटिङ सिष्टमको आधारमा उनी उत्कृष्ट १० मा पर्न सफल भएकी हुन् । चाण्डक ‘पिपुल्स चोइस अवार्ड’को उत्कृट दश र ‘मल्टिमिडिया’ विधाको उत्कृष्ट ८ मा पनि पर्न सफल भएकी छिन् । यी दुई विधाको विजेता घोषणा गर्न बाँकी रहेको छ । टप मोडल विधामा उनी उत्कृष्ट ३० भित्र परेकी थिइन् । तर यो विधाको विजेता नाइजेरियाकी सुन्दरी भइसकेकी छिन् । ‘ब्युटि विथ पर्पस’ नामक अर्को विधामा उनी उत्कृष्ट २० मा परेकी थिइन् ।

चाण्डक यसअघि नै ‘हेड टु हेड च्यालेन्ज’मार्फत उत्कृष्ट ४० मा प्रवेश गरेकी थिइन् । प्रतियोगिताको फाइनल आज शनिबार नेपाली समय अनुसार साँझ सवा ५ वजे हुनेछ । मिस वर्ल्ड फाइनलको प्रत्यक्ष प्रसारण मिस वर्ल्डको

Leave A Reply

Your email address will not be published.