निकै असल ब्यक्ती थिए प्रकाश :कमल थापा
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा उर्जामन्त्री कमल थापाले प्रचण्डपुत्र प्रकाश दाहाल व्यक्तिगत रुपमा असल मान्छे रहेको बताएका छन् । हृदयघातका कारण आइतबार बिहान असामयिक निधन भएका प्रकाशलाई टुइटर मार्फत श्रदाञ्जली दिँदै उनको निधनको खबरले स्तब्ध भएको बताएका छन्।साथै उनका आफन्त तथा परिवारमा परेको असह्य पीडा सहन सक्ने भगवानले प्रदान गरुन भन्ने कामना थापाले गरेका छन् ।