We Star Nepal
News From Nepal

ट्रम्प एक दिमाग नभएका कायर शासक हुन् :उत्तर कोरिया

0 408

प्योङ्याङ – अमेरिकी राष्ट्रपति एक कायर शासक भएको उत्तर कोरियाले दाबी गरेको छ। राष्ट्रपति ट्रम्पले आफ्नो मृत्यु आफैँ निम्त्याइरहेको बताउँदै उत्तर कोरियाली सञ्चार माध्यहरूले नेता ट्रम्पले उत्तर कोरिया सीमा क्षेत्रको भ्रमण स्थगित गर्नु कायरता एक उदाहरण भएको बताएका छन् । गत साता एसियाको भ्रमणका क्रममा रहेका अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरिया सीमा क्षेत्रको भ्रमण आकस्मिक रूपमा स्थगित गरेका थिए ।

उत्तर कोरियाली सञ्चार माध्यमहरूको सम्पादकीयमा ट्रम्पले उत्तर कोरियाली नेता किम जोन उनलाई होचा तथा मोटा व्यक्तिको संज्ञा दिदै उनको अपमान गरेको उल्लेख गरेका छन्। उनी एक ठूला अपराधी भएको र उनीमाथि मृत्युदण्ड हुनुपर्ने धारणा उत्तर कोरियाली जनताहरूको रहेको सञ्चार माध्यमहरूमा उल्लेख गरिएको छ।

ट्रम्पले दक्षिण कोरियाको संसदलाई सम्बोधन गर्दै दिएको उक्त अभिव्यक्ति कायरताको एक उदाहरण भएको उत्तर कोरियाले बतायो । दक्षिण कोरियाली संसदलाई सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाका कारण अमेरिका लगायतका आफ्ना गठबन्धन मुलुकहरू माथि समस्या देखा परेमा उत्तर कोरियाली नेता किम जोन उन लगायत उनको वंश नै नाश गर्न सक्ने क्षमता अमेरिकासँग भएको ट्रम्पले बताएका थिए।

Leave A Reply

Your email address will not be published.