We Star Nepal
News From Nepal

रारा क्षेत्रमा फोहोर संकलन गर्दै विदेशी पर्यटक:हामीले यो पाठ कहिले सिक्ने?

0 363

मुगु : ०६९ पुस १ गतेदेखि नाग्मा-गमगढी सडक यातायात सञ्चालन भएपछि रारा घुम्न आउने आन्तिरक तथा बाह्य पर्यटक बढ्न थालेका छन्। घुम्न आएका आन्तिरक पर्यटकले साथमा ल्याएका खानेकुरा र प्लास्टिकजन्य सामग्री यत्रतत्र फाल्नाले रारा क्षेत्रमा फोहोरले भरिएको छ। यत्रतत्र छरिएको फोहोर देखेपछि विदेशी पर्यटक आफैं अग्रसर भएर फोहोर बिसर्जनतीर लाग्ने गरेका छन्।

रारा राष्ट्रिय निकुञ्जले केही वर्षअघि तालको छेउछाउ फोहोर फाल्ने खाडल बनाएको भए पनि रारा घुम्न आउने पर्यटकले आफूले प्रयोग गरेका खानेकुरा र फोहोर खाडलमा नफाली जताततै फाल्ने गरेको देखेपछि रारा घुम्न आउने विदेशी पर्यटकले आफैं फोहोर संकलन गरी बिसर्जन गर्ने गरेका हुन्।यहाँ आउने विदेशी पर्यटकले बसुन्जेलका लागि खाना र बन्दोबस्तीका सामान लिएर आएका हुन्छन्।

उनीहरूलाई बस्ने व्यवस्था पनि निकुञ्ज कार्यालयले निश्चित स्थान गरेकाले विदेशी पर्यटक बसेको स्थानमा फोहोर देख्न पाइँदैन भने फोहोर भए पनि फोहोर आफैं बिर्सजन गर्छन्। घुम्न आउने नेपालीले जताततै फोहोर गर्ने गरेको स्थानीय भनाइ छ। फाहोर फाल्ने खाडल र फोहोर फाल्ने संकेतसमेत राखिएका ठाउँमा फोहोर नफाली आफूखुसी यत्रतत्र फाल्ने गरेको उनीहरूको गुनासो छ। ताल किनारमा फोहोर संकलन गर्ने हो भने सयौं क्विन्टल पुग्ने र फोहोर फाल्ने पनि नेपाली पर्यटक नै भएको डाँफे होटल राराका सञ्चालक पूर्णदेवी बमले बताइन्।

Leave A Reply

Your email address will not be published.