देउवाद्वारा श्रदाञ्जली अर्पण
काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकाश दाहालको निधनप्रति श्रदाञ्जली अर्पण गरेका छन्। उनले ट्विटमार्फत् श्रदाञ्जली अर्पण गरेका हुन्।’पूर्वप्रधानमन्त्री एवं मेरा मित्र पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको अल्पायुमै भएको निधनको खबरले मर्माहत भएको छु। मृतकप्रति हार्दिक श्रदाञ्जली र शोकाकुल परिवारजनलाई यस दुःखद घडीमा हार्दिक समवेदना व्यक्त गर्दछु,’ प्रधानमन्त्री देउवाले लेखेका छन्।