We Star Nepal
News From Nepal

छोरा को निधन पछी प्रचन्ड आफ्नो शरीर थाम्न नसक्ने अवस्थामा

0 344

काठमाडौं : प्रकाश दाहालको आकस्मिक निधनले उनको परिवार गहिरो शोकमा परेको छ। शनिबार राति सामान्य अस्वस्थ भएकै अवस्थामा सुतेका प्रकाश आइतबार बिहान अचेत अवस्थामा ओछ्यानमै भेटिएका थिए।सुरक्षाकर्मी र आफन्तले अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकेको नर्भिक अस्पतालका डा.जेपी जैसवालले जानकारी गराए। प्रकाशको निधन भएको पुष्टि भए लगत्तै कञ्चनपुरमा रहेकी श्रीमती बिना मगर काठमाडौं आएकी थिइन् भने झापामा रहेका बुबा पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौं फर्किएका थिए।

प्रकाशको निधनको खबरले थापाथलिस्थित नर्भिक अन्तराष्ट्रिय अस्पतालमा नेता, कार्यकर्ता र शुभेच्छुकको भिड लागेको थियो। त्यही भिड बीचमा श्रीमती बिना मगर अत्तालिदै अस्पताल परिसरमा पसेकी थिइन्। प्रकाशकी श्रीमती बिनालाई वाईसिएल अध्यक्ष दीपशिखाले सम्हालेर प्रकाशको शव भएको स्थानमा पुर्याएका थिए।एकमात्र छोरा प्रकाशको आकस्मिक निधनको खबरले स्तब्ध भएका प्रचण्ड छोरालाई भेट्न अस्पताल परिसरमा पुग्दा आफ्नो शरीर थाम्नै नसक्ने अवस्थामा देखिए। बिनाभन्दा केही समयपछि मात्र पुगेका प्रचण्डलाई समेत दीपशिखाले नै समातेर प्रकाशको शव भएको स्थानमा पुर्याएका थिए।

नर्भिक अस्पताल परिसरमा पुगेका सबै शुभचिन्तक भावविह्वल देखिन्थे भने विभिन्न पार्टीका शीर्ष नेता गहिरो शोकमा थिए। प्रकाशको निधनले नर्भिक अस्पतालमा रुवावासी नै मच्चिएको थियो।प्रकाशको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि अहिले पार्टी मुख्यालय पेरिसडाँडामा राखिएको छ।माओवादी प्रवक्ता पम्फा भुसालका अनुसार प्रकाशको अन्तिम संस्कार साँझ ४ बजे पशुपति आर्यघाटमा हुँदै छ।

Leave A Reply

Your email address will not be published.