We Star Nepal
News From Nepal

पेरिसडाँडामा दाहालको पार्थिव शरीरलाई श्रद्धाञ्जली

0 335

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा एवम् पार्टी केन्द्रीय सदस्य प्रकाश दाहालको पार्थिव शरीर अहिले श्रद्धाञ्जलिका लागि पार्टी मुख्यालय पेरिसडाँडामा राखिएको छ।पार्टी मुख्यालयमै पुगेका पार्टी अध्यक्ष प्रचण्डले छोराको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका छन्। भावविह्वल अवस्थामा पार्टी मुख्यालय पुगेका प्रचण्डले छोरालाई श्रद्धाञ्जली दिएका हुन्। प्रकाशलाई श्रद्धाञ्जली दिन पार्टी मुख्यालयमा माओवादीका शीर्ष नेतासहित अन्य पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकको भिड लागेको छ।

प्रकाशको आइतबार बिहान हृदयघातका कारण आकस्मिक निधन भएको हो। शनिबार राति सामान्य अस्वस्थ भएकै अवस्थामा सुतेका प्रकाश आइतबार बिहान अचेत अवस्थामा ओछ्यानमै भेटिएका थिए।सुरक्षाकर्मी र आफन्तले अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकेको नर्भिक अस्पतालले जनाएको थियो। प्रकाशको निधन भएको पुष्टि भए लगत्तै कञ्चनपुरमा रहेकी श्रीमती बिना मगर काठमाडौं आएकी थिइन् भने झापामा रहेका बुबा पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौं फर्किएका थिए।माओवादी प्रवक्ता पम्फा भुसालका अनुसार प्रकाशको अन्तिम संस्कार साँझ ४ बजे पशुपति आर्यघाटमा हुँदै छ।

Leave A Reply

Your email address will not be published.