We Star Nepal
News From Nepal

४८ प्रतिशत महिलाले प्रयोग गर्दैनन्, परिवार नियोजनका साधन

0 469

मंसिर ३, २०७४- नेपालमा करीब ४८ प्रतिशत विवाहित महिलाले परिवार नियोजनका कुनै पनि अस्थायी साधन प्रयोग नगर्ने गरेको पाइएको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्भेक्षणले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार ४७ दशमलव ४ प्रतिशत महिलाले परिवार नियोजनका कुनैपनि अस्थायी साधन प्रयोग नगरेको देखाएको हो । जसमा सबैभन्दा बढी १५ देखि १९ वर्षका ७७ प्रतिशत महिला छन् । प्रयोग गर्ने महिला मध्ये ४३ प्रतिशतले आधुनिक साधन तथा १० प्रतिशतले पराम्परागत विधि अपनाउने गरेको अध्ययनले औल्याएको छ । पराम्परागत विधि अपनाउनेको संख्या वृद्धि हुँदै गएको परिवार स्वास्थ्य महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक डिल्लीरमण अधिकारीले बताउनुभयो ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्भेक्षणले देखाएको तथ्याङ्कमाथि केही दिनभित्रै छलफल गरी धारणा सार्वजनिक गर्ने अधिकारीले बताउनुभयो । परिवार नियोजनका कार्यक्रमहरु प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको बताउदै उहाँले आधुनिक साधनको प्रयोग गर्ने तथा परम्परागत विधि अपनाउने दुवैको संख्या शहरी क्षेत्रमा बढी रहेको उल्लेख गर्नुभयो । सन् २०२० सम्ममा परिवार नियोजनका आधुनिक साधनको प्रयोग दर ५० प्रतिशतमा पुर्‍याउने सरकारी लक्ष्य छ । सरकारले आई.यू.सि.डी र इम्प्लान्ट सेवा मुलुकभर विस्तार गर्ने बताएपनि हाल १५ प्रतिशत हेल्थ पोष्टले मात्रै सो सेवा प्रदान गरिरहेको छ ।

Leave A Reply

Your email address will not be published.