
मंसिर ३ – पाकिस्तानलाई हराएर १९ वर्षमुनिको एसिया कप क्रिकेटको उपाधि अफगानिस्तानले जितेको छ । आइतबार भएको फाइनलमा पाकिस्तानलाई १ सय ८५ रनले हराउँदै अफगानिस्तानले पहिलो पल्ट १९ वर्षमुनिको एसिया कपको उपाधि जितेको हो ।
मलेसियामा पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ४८ रन बनाएको थियो, २ सय ४९ रनको लक्ष्य पछ्याएको पाकिस्तान २२ ओभर १ बलमा ६३ रन बनाएर अलआउट भएपछि अफगानिस्तानले सहज जित हात पारेको हो । अफगानिस्तान नेपाललाई र पाकिस्तान बंगलादेशलाई हराएर फाइनलमा पुगेका थिए ।