भावविह्वल हँदै प्रचण्डले दिए छोरा प्रकाशलाई दागवती
३ मंसिर, काठमाडौं ।हृदयाघातका कारण आइतबार निधन भएको प्रकाश दाहालको पार्थिव शरीरमा बुबा पुष्पकमल दाहाल प्रचण्डले दागवती दिएका छन् ।
प्रकाशको पार्थिव शरिरलाई दिउँसो १ बजे ३० मिनेटदेखि ३ बजे ३० मिनेटसम्म श्रद्धान्जलीका लागि पार्टी कार्यालय पेरिस डाँडामा राखिएको थियो । पार्टी कार्यालयमा अध्यक्ष तथा पिता पुष्पकमल दाहालले भावुक हुँदै पुत्र प्रकाशको शवमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धान्जली दिनुभएको थियो ।
त्यसपछि पार्टीका अन्य नेता तथा विभिन्न पार्टीका शीर्ष नेतासहित माओवादी कार्यकर्ता तथा सर्वसाधारणले श्रद्धान्जली अर्पण गरेका थिए । उपराष्ट्रपति नन्दबहादुर पुन, कांग्रेस महामन्त्री शशांक कोइराला लगायतका नेताहरु तथा एमाले नेताहरुले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।