We Star Nepal
News From Nepal

भारतको देशभक्ति गीतबाट उपेन्द्र यादवको चुनावी प्रचार

0 344

सप्तरीः संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले हिन्दी गीत बजाएर चुनावी प्रचार शुरु गरेका छन्।

जिल्लाको क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार यादवले बसबिट्टीस्थित गजेन्दनारायण सिंह औधोगिक क्षेत्र अगाडि सहिदहरुको समाधिस्थलमा माल्यार्पण गरेपछि भारतको देशभभक्ति गीत ‘ऐ मेरे बतनके लोगो, जरा आँखमे भरलो पानी…..’ गीत सुनाएर प्रचार शुरु गरेका थिए।

कार्यक्रमको सुरुदेखि नै माओवादीलाई गाली गर्नमा अधिकांश समय खर्चेका यादवले आफूले जिते मधेसको लगानी र स्रोत मधेसकै विकासमा लगानी हुने दाबी गरेका थिए।

Leave A Reply

Your email address will not be published.