We Star Nepal
News From Nepal

बुवाको किरिया बसिरहँदा ‘माथिको आदेश’ भन्दै नेकपा जिल्ला इन्चार्ज पक्राउ

0 400

बैतडी, मंसिर ५ – बुवाको किरियामा बसेका नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपाका बैतडी जिल्ला इन्चार्ज बासुदेव जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुवाको निधन भएको ११ दिनको काममा बसेका जोशीलाई सिमार प्रहरीले माथिको आदेश भन्दै नियन्त्रणमा लिएकाले परिवारले आपत्ति जनाएका छन् । कुनै नराम्रो गतिबिधिमा संलग्न नरहेका जोशीलाई किरिया बसिरहेका बेला घरबाटै पक्राउ गरेको उहाँका भाइ अनिरुद्र जोशीले जानकारी दिनुभयो । तर प्रहरीले भने किरिया सकिसकेको र शंकास्पद ब्यक्ति भएकाले पक्राउ गरेको जनाएको छ ।

केही जिल्लामा बिप्लब समूहले चुनाव विरोधी गतिविधि गरेर नागरिकमा त्रास फैलाएकाले बैतडीमा पनि यस्तो हुनसक्ने भन्दै उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.