We Star Nepal
News From Nepal

कांग्रेस कार्यकर्तामाथि आक्रमण

0 409

गोरखाः वाम गठबन्धनका कार्यकर्ताले कांग्रेसको निर्वाचन प्रचार सामग्री जलाइदिएका छन् ।
चुमनुब्री गाउँपालिका–३ स्थित सल्लेरीमा नवीन गुरुङको झोलामा रहेको कांग्रेसको झन्डा, पोस्टर, पर्चा, पम्प्लेट खोसेर जलाइदिएको कांग्रेस कार्यकर्ता सूर्य गुरुङले जानकारी दिए । गुरुङ, उनका छोरा दोर्जे र आफन्त पेमामाथि आक्रमणसमेत गरेको उनले बताए । आक्रमणबाट घाइते भएकाहरूको सिर्दिबास स्वाथ्य चौकीमा उपचार भएको छ ।
आक्रमणपछि घटनास्थल पुगेको प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए । जगतमा बास बसेर बिहीतर्फ जाँदै गरेका कांग्रेस समर्थक गुरुङमाथि सोमबार बिहान ९ बजेतिर आक्रमण भएको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.