नेकपा एमाले अध्यक्ष केपी ओलीले निर्वाचनपश्चात बाम गठबन्धन सरकारले बहुचर्चित बुढीगण्डकी जलविद्युत् आयोजनाको निर्णय उल्टाउने बताएका छन्।माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले बुढीगण्डकी निर्माणको जिम्मा चिनियाँ गेजुवा ग्रुप कम्पनी (सीजीजीसी) लाई दिने निर्णय गरेको थियो । अघिल्लो सरकारले हचुवाको भरमा परियोजना अक्षम कम्पनीलाई जिम्मा लगाएको भन्दै नेपाली कांग्रेस नेतृत्वको सरकारले सम्पूर्ण सम्झौता रद्द गरेको थियो।
कार्यक्रममा ओलीले काम चलाउ सरकारले परियोजनाको सम्झौता खारेज गरेर लगानीको वातावरण विगारेको आरोप लगाए । ‘सरकारको पछिल्लो गतिविधिले अन्तर्राष्ट्रिय सम्बन्ध विगार्ने काम भएको छ’, उनले भने, ‘अनाधिकृत रूपमा गरिएका निर्णय आगमी सरकारले करेक्सन गर्नेछ ।’मुलुक निर्वाचनमा होमिएको बेलामा सान्ती सुरक्षा कायम गर्न लाग्नुपर्ने सरकार अनाधिकृत रूपमा दीर्घकालीन असर पार्ने गतिविधिमा लागेको उनको आरोप छ ।