सर्वोच्चमा बम भएको सन्देश प्रवक्ताको मोबाइलमा आएको थियो
काठमाडौं : मंगलबार दिउँसो सर्वोच्च अदालतका रजिष्ट्रार र प्रवक्ताको मोबाइलमा अदालतको इजलासमा बम भएको सन्देश आयो । रजिष्ट्रार महिन्द्रनाथ उपाध्याय र प्रवक्ता नारयण पन्थीले यो सन्देश न्यायाधीश र कर्मचारीसँग शेयर गर्नासाथ अदालतमा तनाव भयो ।सुरु भएका इजलास सबै बन्द भए । खबर सुरक्षाकर्मीसम्म पुग्यो । तत्काल अदालत भित्र भएका न्यायाधीश र कर्मचारी बाहिर निस्किए । यस्तो सन्देश पाए लगत्तै सुरक्षाकर्मीले माइक मार्फत् न्यायाधीश, कर्मचारी, वकिल सेवाग्राहीलाई सर्वोच्च छाडेर बाहिर निस्किन आह्वान गरे ।
यस्तो सन्देश पाए लगत्तै सुरक्षाकर्मीले माइक मार्फत् न्यायाधीश, कर्मचारी, वकिल सेवाग्राहीलाई सर्वोच्च छाडेर बाहिर निस्किन आह्वान गरेका थिए । यो सूचना लगत्तै केहीबेर सर्वोच्च परिसरमा भागदौड भएको थियो ।अहिले न्यायाधीश, कर्मचारी, वकिल र सेवाग्राहीलाई अदालतबाट बाहिर निकालेर सुरक्षाकर्मीले तालिमप्राप्त दुई कुकुरका साथमा इजलासमा अनुसन्धान गरिरहेका छन् । सन्देशम पठाइएजस्तो विष्फोटक वस्तु अर्थात् बम भने नभेटिएको अनुसन्धानमा संलग्न सुरक्षाकर्मीको भनाइ छ ।