We Star Nepal
News From Nepal

गृह मन्त्रालयले गर्‍यो तीन सिडिओको सरुवा

0 347

काठमाडौं— प्रतिनिधि सभा एवं प्रदेश सभाको निर्वाचन हुन पाँच दिन बाँकी रहँदा मंगलबार गृह मन्त्रालयले तीन प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ। सरुवा हुनेहरुमा सोलुखुम्बुका सिडिओ भुपेन्द्र थापा, नुवाकोटका जगदशीराज बराल तथा रसुवाका हिरादेवी पौडेल छन्।‘सोलुखुम्बु, नुवाकोट र रसुवा तीन जिल्लाका सिडिओको सरुवा भएको छ’, नागरिकन्युजसँग भने, ‘ती जिल्लामा तत्कालै नयाँ सिडिओ जाँदैहुनुहुन्छ।’थापालाई मध्य क्षेत्रीय प्रशासन कार्यालय हेटौंडा पठाइएको छ। बराल गृह मन्त्रालय तानिएका छन् भने पाैडेललाई त्रिभुवन विमानस्थल अध्यागमन सरुवा गरिएको छ।सिडिओ सरुवा भएका जिल्लाहरुमा मंसिर १० मा निर्वाचन हुँदैछ।

 

सोलुखुम्बुमा नयाँ सिडिओ सुनिल खनाल, नुवाकोटमा वीरेन्द्र यादब तथा रसुवामा चोमेन्द्र न्यौपानेलाई पठाउने तयारी गरिएको गृह स्रोतले नागरिकन्युजलाई बतायो।निर्वाचन सुरक्षाको विषयलाई लिएर सोमबार प्रधानमन्त्री तथा गृहमन्त्री शेरबहादुर देउवाले सोमबार सुरक्षा समिति बैठक बोलाएका थिए। सो बैठकमा सहभागी गृहका उच्च अधिकारीले प्रशासनकै कारण केही जिल्लामा निर्वाचन गराउन कठिनाई रहेको ब्रिफिङ गरेका थिए।स्रोतका अनुसार गृह अधिकारीको ब्रिफिङ सुनेका प्रधानमन्त्री एवं गृहमन्त्री देउवाले तत्कालै निर्वाचन आयोगसँग अनुमति लिएर ती जिल्लाहरुमा सिडिओ सरुवा प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए। त्यसैअनुसार मंगलबार तीन जिल्लाका सिडिअाे सरुवा गरिएका हुन्।

Leave A Reply

Your email address will not be published.