We Star Nepal
News From Nepal

पुत्र शोकपछि पहिलो पटक कार्यक्रममा सहभागी हुँदै छन प्रचन्ड

0 352

चितवन– पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल छोरा प्रकाश दाहालको अचानक भएको निधनपछि आज पहिलो पटक चितवनमा आयोजित सार्वजनिक कार्यक्रममा सहभागी हुँदैछन् ।बाम गठबन्धनले आजका लागि भरतपुरको केन्द्रीय बसपार्कमा चुनाबी सभा गर्ने कार्यक्रम पहिल्यै तय गरेको थियो । प्रकाश दाहालको निधनपछि रोकिने सम्भावना रहे पनि दाहालले नरोक्न भनेका थिए ।

दाहालका छोरा प्रकासको आइतबार बिहान आकश्मिक हृदयघातका कारण निधन भएको थियो । ‘प्रचण्डज्यु पक्का आउनुहुन्छ । हिजोसम्म त आउने तर सम्बोधन नगर्ने भन्ने नै थियो । अब यहाँ आएपछि बोल्नु होला नहोला त्यो कार्यक्रमकै बेला तय होला,’ माओवादी नेता तथा बाम गठबन्धनको तर्फबाट निर्वाचन परिचालन समितिका संयोजक अमिक शेरचनले भने । आज मध्यान्ह सभा हुँदैछ ।

सभा आयोजना भएको स्थान चितवन क्षेत्र नं. ३ मा पर्छ । दाहाल बाम गठबन्धनको तर्फबाट सोही क्षेत्रका उम्मेदवार छन् । सभामा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओली र सो पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल आउँदैछन् ।त्यस्तै माओवादीका वरिष्ठ नेता रामबहादुर थापा बादल र मातृका यादब पनि आउने नेता शेरचनले जानकारी दिए । सभामा ५० हजार स्थानीय सहभागि हुने गठबन्धनको अपेक्षा छ । सभालाई हेरेर प्रशासनले सुरक्षा र यातायता व्यवस्था चुस्त बनाएको अधिकारीहरुको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.