We Star Nepal
News From Nepal

गोरखामा एक बोरा सुतली बम भेटियो

0 388

गोरखा : गोरखामा एक बोरा सुतली बम भेटिएको छ। सिरान्चोक गाउँपालिका ७ पाण्डेगाउँको एक घरमा बोराभरी बम भेटिएको भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। दिउँसो तीनबजे एक भत्केको घरमा बोराभरी शंकास्पद वस्तु देखेपछि गाउँलेले प्रहरीलाई खबर गरेको प्रहरी नायव उपरीक्षक भेषराज रिजालले जानकारी दिए।पुराना भाँडा गालेर मूर्ती बनाउने मधेसी मूलका टोलीले भत्किएको एक घरभित्र बोरामा राखिएको अवस्थामा वम भेटेका हुन्।

२०५६ सालमा छाडेर बसाईं गएका गणेशकुमार पाण्डेको घरमा बम भेटेको प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए। ‘पुराना भाँडा गालेर मुर्ती बनाउने मधेसी टोली आएको रहेछ’ रिजालले भने ‘मूर्तीहरु बनाउन भत्किएको घरमा पनि पुराना भाँडाकुँडा खोज्दा बोरामा तार जोडिएका फलामका डल्ला फेला पारेका रहेछन्।’ बमलाई त्यहाँ नेपाल प्रहरी र सशस्त्र प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

बोराभरी रहेकाले कतिसंख्यामा छन् भन्ने बारे यकिन नभएको प्रहरीले जनाएको छ। सो बम नेपाली सेनाको टोलीले शुक्रबार निस्क्रिय बनाउने प्रहरी उपरीक्षक प्रकास अधिकारीले जानकारी दिए।‘आज साँझ परिसक्यो। सेनाको डिस्पोजल टोली त्यहाँ पुग्न समय धेरै लाग्ने भएकोले शुक्रबार बिहानै गएर थप कामकारबाही अघि बढाउँछ’,एसपी अधिकारीले भने।

Leave A Reply

Your email address will not be published.