We Star Nepal
News From Nepal

मतपेटिकामुनि प्रेसर कुकर बम भेटिएपछि मतदान रोकियो

0 376

ताप्लेजुङ : ताप्लेजुङको एक मतदान केन्द्रमा मतपेटिका राखिएको स्थलमुनि बम गाडेको भेटिएको छ । आठराई गाउँपालिका-३ सरस्वती माविको हाङपाङ निर्वाचन केन्द्रमा मतपेटिकामुनि प्रेसर कुकुर बम भेटिएपछि १ घण्टाका लागि मतदान स्थगित गरिएको जिल्लाका मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिएका छन् ।

बम रहेको स्थलमा हाल नेपाली सेनाको बम डिस्पोजल टोलीले बम डिस्पोजल गर्दै गरेको र बम हटाएपछि पुन निर्वाचन सुरु हुने निर्वाचन अधिकृत कार्कीले बताए ।

Leave A Reply

Your email address will not be published.