We Star Nepal
News From Nepal

लापरबाहीको शिकार बनेका बस्ताकोटीको निधन, गुडिरहेको बाईकमा करेण्टको तार यसरी खसेको थियो (भिडियो)

0 94

रञ्जन अधिकारी पोखरा, १७ कार्तिक / सडक माथि टांगिएको करेन्टको तार एक्कासी गुडिरहेको बाईक माथि खस्दा पोखरा लेखनाथ २० भलाम विष्णु बस्ताकोटी गम्भीर घाइते भए । गत साउन २६ गते पोखरा ११ रानीपौवामा भएको दुःखद दुर्घटना थियो ।

कतिसम्मको लापरबाही? बाईकको ठाउँमा बस भएको भए ?

पोखराकै व्यस्त सडक रानीपौवा । अविरल पानी परिरहेको दिन । बाटोमा बाईक चलाईरहँदा एक्कासी करेन्ट प्रवाह भईरहेको तार माथि खस्छ अनि यसरी आगो बल्छ । विद्युत प्राधिकरण र सरोकारवालाको कतिसम्मको लापरबाही हो ? नजिकै स्कुल बस छ । अरु बस पनि छन् । बाईकमा एक जना त्यो पनि सक्ने ठाउँमा भएर पो तत्काल उद्धार भएको छ । यात्रुको भिडभाड भएको बसभित्र यसरी करेन्ट लागेको भए ठाउँको ठाउँ कतिले ज्यान गुमाउँथे ? आफ्नो ज्यान पर्वाह नगरी ज्यान जोगाउने सबै-सबैप्रति नतमस्तक । महानगरपालिका, विद्युत प्राधिकरण, सरकार सबैको ध्यान पुगोस् । खानेपानीका लागि सडक मनलाग्दी खनिन्छ । टेलिफोन तार र विजुली पोलमा करेन्टका तारहरु यसरी लथालिंग छ ।भिडियो: Sarcasm Pokhara

Posted by Ranjan Adhikari 'रञ्जन अधिकारी' on Thursday, August 10, 2017

विद्युत प्राधिकरण लगायत सरोकारवाला निकायको गम्भिर लापरबाहीको शिकार उनी बने । बस्ताकोटीलाई दुई दिनपछि मणिपालमा उपचार सम्भव नहुँदा काठमाडौंको ग्राण्डी अस्पताल रिफर समेत गरियो । तर उपचारकै क्रममा साढे दुई महिनापछि उनको निधन भएको छ ।

स्थानीयले तत्काल उद्धार गरी ट्याक्सीमार्फत हस्पिटल लगिएको थियो । महेन्द्रपुल हुदै रानीपौवा तर्फ जाँदै गरेको ग ६ प ८१२८ नम्बरको मोटरसाइकल चालक बस्ताकोटी माथि तार खस्दा ज्यानमा करेन्ट प्रबाह भइ आगो बलेको थियो ।

घाइते बस्ताकोटी पोखरा १७ विरौटा स्थित शिशु निकेतन विद्यालयका शिक्षक हुन् । पोखरा १७ बस्ने उनी राष्ट्रिय माविमा पनि आबद्ध थिए । गम्भिर लापरबाही विरुद्ध शिशु निकेतन विद्यालयका शिक्षक र विद्यार्थीले पोखरा लेखनाथ महानगरपालिका ५ मा रहेको विद्युत प्राधिकरणको कार्यालयमा धर्ना समेत दिएका थिए।

उनीहरुले दोषीलाई कडा कार्वाही, निःशुल्क उपचार तथा उचित न्यायको मागको माग राखेका थिए ।

Leave A Reply

Your email address will not be published.