We Star Nepal
News From Nepal

एसीसी यू-१९ एसिया कप : नेपाल बलियो प्रतिद्वन्द्वी भारतसँग भिड्दै

0 201

काठमाडौं : मलेसियामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा हाल नेपालले बलियो प्रतिद्वन्द्वी भारतको सामना गरिरहेको छ । बायुमास रंगशालामा जारी खेलमा भारतले टस जितेर नेपाललाई व्याटिङको निम्ता दिएको छ।

अपडेट : ३९औ ओभरमा भीम कार्की आउट भएका छन् । २ चौका र १ छक्कासहित उनले २२ बलमा १५ रन बनाए । व्याटिङमा पवन सराफ आएका छन् । ४० ओभरमा नेपालको स्कोर १२९ रन रहेको छ । ३४ औं ओभरमा नेपालको चौथो विकेट गुमेको छ । रोहित कुमार पौडेल ६ रनमा आउट भएका छन् । उनले १४ बलको सामना गरेका थिए ।भीम सार्की व्याटिङमा आएका छन् । कप्तान दिपेन्द्र सिंह ऐरीले अर्धशतक बनाएका छन । ७१ बलमा २ चौका र १ छक्काको मद्दतमा उनले अर्धशतक बनाएका हुन्।

नेपालको तेस्रो विकेट गुमेको छ । २८ औ ओभरमा ३६ रन बनाएर खेलिरहेका जितेन्द्रसिंह ठकुरी आउट भएका छन् । दिपेन्द्र र जितेन्द्रको जोडीले १०२ बलमा ४९ रनको साझेदारी गरे । नयाँ व्यट्म्यानको रुपमा रोहितकुमार पौडेल मैदानमा आएका छन् । नेपालको १०० रन पूरा भएको छ ३२ ओभरमा ३ विकेट को क्षतिमा नेपालको १०० रन पूरा भएको हो । एसीसी यू-१९ एसियाकपमा ८ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । नेपाल रहेको समूह ए मा नेपालसहित भारत, बंगलादेश र मलेसिया रहेका छन् भने समूह बी मा श्रीलंका, अफगानिस्तान, पाकिस्तान र युएई रहेका छन्। शनिबार बंगलादेशसँग नेपाल २ विकेटले पराजित भएको थियो।

Leave A Reply

Your email address will not be published.